प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । जिल्ला बिकास समितिको कार्यालय अर्घाखाँचीको आयोजनामा पुर्ण सरसफाइ रणनैतीक योजना तर्जुमा सम्बन्धि कार्यशाला सन्धिखर्कमा सम्पन्न भएको छ ।
जिल्लामा पुर्ण सरसफाइका कार्यक्रम सञ्चालन गर्नुका साथै अर्घाखाँचीलाई घरभित्रको धुवा रहि, बालबिाह मुक्त , घरमा प्रसुती मुक्त जस्ता सुचकमा कसरि जिल्लालाइ अगाडी बढाउने भन्ने बिषयमा ब्यबपाक रुपमा छलफल भएको छ ।
सबै क्षेत्रबाट बिकास गरि जिल्लालाइ कसरि नेपालकै नमुना जिल्ला बनाउने भन्ने बिषयमा पनि कार्यक्रममा छलफल भएको स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताउनु भयो ।
कार्यक्रममा जिल्ला स्थीत सरकारी कार्यलयका प्रमुख, राजनितिक दलका नेताहरु,जिल्लामा कृयासिल संघसस्था र सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीको अध्यक्षता, र शेसकान्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।