देउराली यातायात समिति अर्घाखाँचीका उपाध्यक्ष र महासचिब सहित ९ जनाद्धारा संयुक्त राजीनामा

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ।  देउराली यातायात ब्यबसायी समिति अर्घाखाँचीका उपाध्यक्ष र महासचिब सहित ८ जना कार्य समितिका सदस्य र एक जना सल्लाहकारले संयुक्त रुपमा आज राजीनामा दिएका छन । 
यातायात ब्यबसायी समतिका अध्यक्ष योगेन्द्र खड्काले एक्लौटी रुपमा सस्था सञ्चालन गर्न खोजेको भन्दै कार्य समितिका ८ जना र एक जना सल्लाहकारले राजीनामा दिएका हुन । 
समितिका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ,महासचिब प्रेम प्रकास पाण्डे, सचिब बिष्णु बहादुर पन्थी , निबर्तमान अध्यक्ष तथा पदेन सदस्य देबराज श्रेष्ठ, कार्य समिति सदस्यहरु प्रकास भाट, केयरसिंह खनाल, प्रकास पिसी, र डम्बर श्रेष्ठले राजीनामा दिएका हुन ।  त्यस्तै बरिष्ठ सल्लाहकार अशोक कुमार श्रेष्ठले पनि राजीनामा दिएका छन । 

अन्य समाचारहरु