एकीकृत माओवादीका अध्यक्ष तथा तीस दलीय मोर्चाका सभापति पुष्पकमल दाहाल प्रचण्डले एमाले पार्टी कुनै पनि राजनीतिक पार्टी नभएको बताएका छन्।
सेतोपाटीमा समाचार छ । तीस दलीय मोर्चाले राजधानीमा शनिबार गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा दाहालले एमाले पार्टी चाहिएको पार्टी नभएर कांग्रेस एमालेको अंग भएको आरोप लगाए। उनले भने, एमाले चाहिएको पार्टी होइन। कांग्रेसमा घुसे हुन्छ । प्रगतिशिल कोही छन् भने छातिमा हात राखेर सोचे हुन्छ।
दाहालले कांग्रेसको एजेन्डामा समाहित भएपछि एमालेको औचित्य नभएको बताए । एमालेले पार्टी घोषणापत्रविपरीत कांग्रेस एजेन्डामा समाहित भएकाले अब उक्त पार्टीको आवश्यकता नभएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले बानेश्वरमा भएको घटनालाई सरकारको कायरताको संज्ञा दिए। उनले भने,