इटालीमा आप्रवासी विरुद्ध नर्दन लिग पार्टीका हजारौँ समर्थकहरुद्धारा विरोध प्रदर्शन

इटालीमा प्रधानमन्त्री माटेयो रेन्जीको सरकार विरुद्ध नर्दन लिग पार्टीका हजारौँ समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् ।
अवैध आप्रवासी सम्बन्धी सरकारी नीतिको विरोधमा राजधानी रोममा उत्रिएका विपक्षीहरुले युरोपेली युनियन ईयुलाई समेत प्रदर्शनको निशाना बनाए ।
प्रधानमन्त्री रेन्जीले मुलुकलाई अदृश्य शक्तिको हातमा सुम्पेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् ।
लिगका प्रमुख नेता माटेयो साल्भिनीले प्रधानमन्त्री रेन्जीसहित युरोपियन युनियन परस्त केही नेताले मुलुकलाई बेच्न खोजेको आरोप लगाएका छन् ।
साथै उनले ट्रक ड्राइभर, राजस्व, बैंक तथा ठूला वित्तिय संस्थाहरुसँग सरकारले गरेको व्यवहारको कडा शब्दमा आलोचना गरेका छन् ।
पछिल्लो सर्वेक्षण अनुसार ईटालीमा विपक्षी पार्टी नर्दन लिग र उसको प्रमुख नेता साल्भिनीको लोकप्रियता बढ्दै गएको देखाएको छ । एजेन्सी