रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कटू आलोचक विपक्षी नेता बोरिस नेम्त्सोभको हत्या गरिएपछि राजधानी मस्कोमा तनाव सृजना भएको छ ।
हजारौं मानिसले नेम्त्सोभप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । सरकार विरोधी र्याली आयोजना भइरहेको बेला दुई दिनअघि विपक्षी दलका नेताको हत्या गरिएको थियो ।
रुसका लोकप्रिय नेताको हत्यापछि अनेक प्रतिक्रिया उत्पन्न भएको छ । यूक्रेनमा जारी युद्धविरुद्ध आइतवार र्याली निकाल्ने घोषणा गरेलगत्तै नेम्त्सोभको हत्या गरिएको थियो ।
क्रेमलीन नजिकको एक पुल पार गर्दैगर्दा उनको हत्या गरिएको थियो । राष्ट्रपति पुटिनले पनि हत्याको निन्दा गर्दै छानबिनका लागि आदेश दिएका छन् ।
पुटिनका विरोधीहरुले भने हत्या राजनीतिप्रेरित रहेको आरोप लगाएका छन् ।
उता, यूक्रेनी राष्ट्रपति पेत्रो पेरोशेन्कोले यूक्रेनमा चलिरहेको युद्धमा रुसको हात रहेको प्रमाण नेम्त्सोभसँग रहेकाले उनको हत्या गरिएको दावी गरेका छन् ।
सरकारको निगरानीमा रहेका विपक्षी नेताको घटना सुनियोजित हुनसक्ने टिप्पणी पनि गरिएको छ । – एजेन्सी