काठमाडौं । एकीकृत माओवादी लगायतका विपक्षी दलका नेताहरुले हिजो खुला मञ्चमा अराजनीतिक र गैरजिम्मेवार रुपमा आफ्नो पार्टीमाथि टिप्पणी गरेको भन्दै नेकपा एमालेले खेद ब्यक्त गरेको छ ।
पार्टी मूख्यालय बल्खुमा आज बसेको एमाले स्थायी कमिटीले विपक्षी मोर्चाका नेताहरूबाट आफ्नो पार्टीका विरुद्ध लगाइएका लाञ्छना तथा एमाले नेताहरु विरुद्ध गरिएको गालीगलौजलाई हतास मनस्थितिको उपजका रूपमा विश्लेषण समेत गरेको छ ।
स्थायी कमिटीले संविधान लेखनका विषयमा काँग्रेससँग छलफल गरी वार्ता वा स्थगित संविधान सभाको बैठकबाट प्रक्रिया शुरु गर्नेबारे छलफल गर्ने बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
स्थायी कमिटीको बैठकले राधाकृष्ण मैनाली र विजय सुब्बालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । मैनाली शाही शासनकालमा मन्त्री बनेका थिए ।
उनी पछिल्लो समय एकीकृत माओवादीका सल्लाहकार थिए भने सुब्बा अशोक राईको संघीय समाजवादीका उपाध्यक्ष थिए ।
केन्द्रीय कमिटीमा मनोनयन गरिएका केन्द्रीय नेताहरुले आजै सपथ लिएका थिए । इमेजखबरमा समाचार छ ।