अर्जुन भुसाल
सन्धिखर्क , अर्घाखाँची । जिल्ला वन कार्यालय अर्घाखाँचीको आयोजनामा रेड र जलवायु परिवर्तन सम्बन्धी वहुसरोकारवालाहरुसँग दुइ दिने अभिमूखिकरण सम्पन्न भएको छ । वन जङ्गल बचाइ वातवरणलाई स्वच्छ राख्ने उद्देश्यका साथ कार्यक्रमको अयोजना गरिएको हो । जलवायु परिवर्तनले वातवरणमा प्रत्यक्ष असर पु-याएको भन्दै वन जङ्गललाई हरावरा राख्न नसके यसले झनै गम्भीर समस्या निम्त्याउन सक्ने कार्यक्रमका वक्ताले बताए ।
कार्यक्रममको सहजीकरण जिल्ला वन कार्यालयका प्रमुख कृष्णप्रसाद ढकाल र सहायक वन अधिकृत कमलराज काफ्लेले गरेका थिए । कार्यक्रमको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक मोति भुसालले व्यानर अनावरण गरेर उट्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रम्ख वा प्रतिनिधि र पत्रकारको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन शत्रमा बोल्दै जिल्ला आयुर्वेद कार्यालयका प्रमुख पुष्पराज पौडेलले वन जङ्गल विनास र वातवरण प्रदुषणका कारण जलवायुमा परिवर्तन आएको भन्दै वातवरणलाई स्वच्छ राख्न नसके झनै ठूलो समस्था निम्तन सक्ने बताए । उनले वैज्ञानिक वन विज्ञानको नीतिलाई पूर्णता दिएर अघि बढ्नुपर्ने बताए ।