एमालेद्धारा संविधान नबन्ने भए सरकारमा नबस्ने निर्णय, काँग्रेसमाथि प्रक्रियामै गएर संविधान बनाउन दबाब

काठमाडौं  । नेकपा एमालेले संविधान नबन्ने भए सरकारमा नबस्ने निर्णय गरेको छ ।
पार्टी मूख्यालय बल्खुमा बसेको स्थायी कमिटि बैठकले विपक्षीहरुले वार्ताका लागि कुनै पहल नगरेको भन्दै यही अवस्थामा संविधान नबन्ने भए सरकारमा नबस्ने जनाएको हो ।
एमाओबादी नेतृत्वको मोर्चाले वार्ताका लागि कुनै पहल नगरेको भन्दै उनीहरुसंग वार्ताको सम्भावना क्षीण बन्दै गएको निष्कर्षसमेत एमालेको छ ।
एमालेले संविधान नबन्ने भए सरकारमा नबस्ने निर्णय गरेसंगै सरकारको नेतृत्व सम्हालेको काँग्रेसमाथि भने प्रक्रियामै गएर संविधान बनाउन दबाब बढेको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले पटक पटक वार्ताका लागि आब्हान गर्दासमेत एमाओबादी नेतृत्वको मोर्चाले वास्ता गरेको छैन ।

विपक्षीले संविधान लेखनको प्रक्रिया स्थगित नगरेसम्म वार्तामा नबस्ने अडान राख्दै आएको छ । इमेजखबरमा समाचार छ ।