इजरेली प्रधानमन्त्री नेतान्याहुद्धारा कट्टरपन्थी विचारधारको ईरानलाई विश्वास नगर्न विश्व समुदायसँग अपिल

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कट्टरपन्थी विचारधारको ईरानलाई विश्वास नगर्न विश्व समुदायसँग अपिल गरेका छन् ।
अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै नेतेन्यनाहुले इरानको परमाणु कार्यक्रममाथिको संभावित सम्झौताले उसलाई आणविक हतियार बनाउन बाटो खुल्ने जिकिर गरे ।
justify;”>अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सम्बन्ध चिसिएको बेला ईजरेली प्रधानमन्त्री नेतेन्याहु रिपब्लीकन पार्टीको बहुमत रहेको कंग्रेसमा समबोधन गर्नु अमेरिका पुगेका हुन् ।
नेतेन्याहुको कदमबाट असन्तुष्ट ह्वाईट हाउसले भने इजरेलले इरान मामिलामा अमेरिकी नीति प्रभावित पार्न विपक्षीहरुलाई उचाल्ने प्रयास गरेको बताएको छ ।
नेतेन्याहुको पछिल्लो सम्बोधनलाई पुरातनवादी इजरेली सोचकै निरन्तरता भन्दै अमेरिकी राष्ट्रपति ओबामाले इरानको परमाणु कार्यक्रम रोक्न इजरेलले कुनै नयाँ विकल्प पेश गर्न नसकेको दावी गरे ।
इजरेलमा आम चुनाव हुन दुई हप्ता मात्रै बाँकी छँदा प्रधानमन्त्री नेतेन्यनाहुले ह्वाईट हाउससँगको सम्बनध झनै बिगार्दै कंग्रेसमा सम्बोधन गर्नुलाई निकै महत्वका साथ हेरिएको छ । यो चुनावमा नेतन्याहुलाई विपक्षी पार्टीले निकै कडा टक्कर दिने अनुमान गरिएको छ ।
इरानको परमाणु कार्यक्रम सम्बन्धमा विश्वका शक्ति राष्ट्रहरुको मध्यस्थतामा वार्ता भईरहेको छ ।
यही मार्चको अन्त्यसम्ममा उक्त वार्ताले ईरानलाई आफ्ना आणविक कार्यक्रम रोक्न सहमत गराउने अमेरिकी अपेक्षा छ ।
अमेरिकासहित रुस, चीन, बेलायत, फ्रान्स र जर्मनी वार्तामा सहभागि छन् । ईरानको आणविक कार्यक्रमलाई लिएर हुने कुनैपनि सम्झौताको ईजरेली प्रधानमन्त्री नेतेन्याहुले विरोध गर्दै आएका छन् । एजेन्सी