दुर्घटनाग्रस्त टर्किस एयरको विमान हटाउन नसक्दा विमानस्थल शनिवार बिहान सम्म अवरुद्ध हुने, हजारौं यात्रु अलपत्र

काठमाडौ  – दुर्घटनाग्रस्त टर्किए एयरलाइन्सको विमानलाई धानवमार्गबाट हटाउन समय लाग्ने भएपछि त्रिभुवन विमानस्थल व्यवस्थापनले भोलि विहान १० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने भएको छ । केहीबेर अघि सूचना जारी गर्दै विमानस्थल व्यवस्थापनले भोलि विहान १० बजेसम्मको लागि अन्तर्राष्ट्रिय उडान र अवतरण स्थगित भएको जनाएको हो ।
ईकन्तिपुरमा समाचार छ । बिमानस्थलका प्रबन्धक पूर्णप्रसाद चुडालले जहाज हटाउने काम भइरहेकाले भोलि विहानसम्मको लागि बिमानस्थल बन्द गराइएको बताए ।
बुधबार विहान अवतरण हुने क्रममा दुर्घटना भई त्रिभुवन विमानस्थलको धावनमार्गमा बसेको टर्किस एयरलाईन्सको विमानलाई भारतबाट आएका प्राविधिकहरुले ब्लाडरको सहायताले उचालेका छ र विमानको पांग्रा फेर्ने काम भइरहेको छ ।
त्रिभुवन विमानस्थलका प्रमुख वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार ब्लाडरले उचालेर विमानलाई लेभलमा ल्याइएको छ । उचालिएको विमानको तीनै पांग्रा आज फेरिन प्रमुख श्रेष्ठले जानकारी दिए ।
ब्लाडरले उचाल्न विमान मुनी बनाइएको खाल्डो गिट्टी र बालुवा हालेर पुरेर सम्याइएको छ । विमानको पांग्रा फेरेर जहाजलाई पार्किङ गर्ने स्थानसम्म पुर्‍याइउन प्रयास गरिनेछ ।
पहिलो प्रयासबाट जहाज निकाल्न नसकिए टर्किस एयरले भारतको बाटो हुँदै उपकरण ल्याउने तयारी गरेको छ । विमान उचाल्नको लागि प्रयोग हुने सामान बोकेर हिजो भारतबाट वायु सेनाको हर्कुलस विमान त्रिभुवन विमानस्थल आएको थियो ।
१० हजार मिटर लामो धावन मार्गको बीच भागमा टर्किस एयरलाइन्सको विमान थन्किएपछि त्रिभुवन विमानस्थलको बुधबारयता अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । जसले गर्दा ३० हजार बढी यात्रु अलपत्र परेका छन् । ईकन्तिपुरमा समाचार छ ।