इराकको पश्चिमी शहर अल बग्दादी, इराकी सेनाले इस्लामिक लडाकु समुह आइएसको नियन्त्रणबाट मुक्त गरेको छ ।
अमेरिकी सेनाका अनुसार विगत छ महिना देखी आइएसको नियन्त्रणमा रहेको अल बग्दादी इराकी सेनाले पुनः आफ्नो नियन्त्रणमा लिन सफल भएको हो ।
अमेरिकी गठबन्धन सेनाको सटिक र प्रभावकारी हवाई आक्रमणका कारण इराकी सेनाले शहर नियन्त्रणमा लिन सकेको जनाइएको छ ।
अल बग्दादी शहर अमेरिकी सेनाको इराकी सैन्य प्रशिक्षण शिविरबाट आठ किलोमिटरको दूरीमा छ ।
यता इराकी सेनाले टिक्रिट शहर आईएसको नियन्त्रणबाट मुक्त गराउने प्रयास भने जारी राखेको छ ।
यस अभियानमा ३० हजार इराकी सेना र शिया लडाकु संलग्न छन् । इस्लामिक राज्यको माग गर्दै संघर्षत आई एसले इराक र सिरियाको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएको छ । एजेन्सी