इजिप्टमा हत्यामा संलग्न भएको अभियोगमा पूर्व राष्ट्रपति मोहम्मद मुर्सीका एक जना समर्थकलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ ।
इजिप्टका अन्तरिम मन्त्रीले मुर्सीका समर्थक मोहमुद रामादामलाई अलेक्जेन्ड्रिया शहरमा एक युवकलाई घरको छतबाट फालेर हत्या गरेको मुद्धामा दोषी पाइएको बताएका छन् ।
सन् २०१३ को जुलाई ३ मा मुर्सीलाई सेनाले सत्ताच्यूत गरेलगतै भएको उक्त घटनामा अरु १८ जना समेत मारिएका थिए ।
हत्याको षड्यन्त्र रचेको अभियोगमा मुर्सीको मुश्लिम ब्रदरहुड पार्टीका समर्थकहरुलाई सुनाइएको मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको यो पहिलो घटना भएको हो। एजेन्सी