सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।
सन्धिखर्क नगरपालिकाका ४४ वर्षिय बिष्णु खड्काले आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन ।
खड्काले आफ्नै घर कोठाको बलोमा चुन्निको पासो लगाएर झुण्डिएको अबस्थामा फेला पारिएको स्थानीयले बताएका छन् ।
खड्काकी पत्नी बेल कुमारी परियार महिला तथा बालबालिका कार्यालय अर्घाखाँचीको प्रमुखको रुपमा कार्यरत रहेको जनाइएको छ।
आत्महत्याको कारण नखुलेको र मृतकको शवलाई पोष्टमार्टमका लागि सन्धिखर्क जिल्ला अस्पताल ल्याइएको छ। अर्घाखाँचीमा आत्महत्या गर्नेहरुको संख्या बढेको छ ।
तस्बिर: फेसबूकबाट