भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहविरुद्ध भ्रष्टाचारको आरोप

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको छ ।
कोयला घोटालाकान्डमा भारतीय विशेष अदालतले सिंहलाई अभियुक्त बनाएको छ । भारतीय केन्द्रीय जाँच ब्यूरो (सीबीआइ)को विशेष अदालतले कोयला घोटालाकान्डमा बयान दिन आउन पूर्वप्रधानमन्त्री सिंहसहितलाई आदेश पठाएको छ ।
यस्तो आदेश पाउनेमा सिंहका अलावा उद्योगपति कुमार मंगलम बिडला, पूर्वकोयला सचिव पीसी परख र अरु तीनजना व्यक्ति पनि रहेको भारतीय सन्चार संस्था पीटीआइले जनाएको छ । अदालतले सबै अभियुक्तलाई ८ अप्रिलमा उपस्थित हुन आदेश दिएको हो ।
आपराधिक षड्यन्त्र रचेको, विश्वासघात गरेको तथा भ्रष्टाचार नियन्त्रण कानुनअन्तर्गत् उनीहरुलाई उपस्थितिको आदेश पठाइएको पीटीआइले जनाएको हो ।
सिंहमाथि भ्रष्टाचारको आरोप लगाइएकोमा कांग्रेस नेता मनीष तिवारीले भने यो कानुनीभन्दा राजनीति प्रेरित घटना भएको टिप्पणी गरेका छन् । (एजेन्सी)