मल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नाशिदलाई १३ वर्षको जेल सजाय

मल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नाशिदलाई १३ वर्षको जेल सजाय सुनाइएको छ ।
आफ्नो शासन कालमा न्यायाधीशलाई पक्राउ गर्न आदेश दिएको विषयमा दोषी प्रमाणित भएपछि नाशिदलाई जेल सजाय सुनाइएको हो ।
गत महिना उनले यो मुद्धामा सफाइ पाएपनि प्रतिआतंकवाद कानुन अनुसार मुद्धा लगाइपछि उनी पूनः पक्राउ परेका थिए ।
नाशिदको राजनीतिक भविष्य समाप्त गर्न सुनुवाईमा पक्षपात गरिएको भन्दै उनका वकिलले दोस्रो सुनुवाई बहिष्कार गरेका थिए ।
राजधानी मालेस्थित अदालतले आफु विरुद्ध निर्णय सुनाएपछि नाशिदले आफ्ना समर्थकहरुलाई अधिनायवादी सत्ता विरुद्ध सडकमा उत्रन आह्वान गरेका छन् ।
सन् २००८ मा राष्ट्रपति निर्वाचित नाशिदलाई सुरक्षाकर्मीले बाध्य पारे पछि उनले सन् २०१२ मा पद त्याग गरेका थिए ।
नाशिदको जेल सजाय पछि सानो टापु मुलक मल्दिभ्स थप राजनीतिक संकटमा फसेको  छ । – एजेन्सी