काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आफुहरु सहमतिकै पक्षमा भएको भन्दै विपक्षी मोर्चालाई आन्दोलनका कार्यक्रम घोषणा नगर्न आग्रह गरेका छन् ।
हिजो भएको सत्तारुढ दल र विपक्षी मोर्चाको वार्ता बिथा्ेलिएपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले सहमतिको लागि आफुहरु तयार भए पनि सहमति नबन्दा सम्म प्रक्रिया रोक्न आफुले गरेको प्रस्ताव प्रधानमन्त्री कोइरालाले अस्विकार गरेको बताए ।
उनले प्रधानमन्त्रीसंग वार्ता निकै सकारात्मक भएको भन्दै सहमतिका पक्षमा प्रधानमन्त्री र आफनो भावना मिलेको बताए ।
आन्दोलन र वार्ता दुवैलाई संगै लैजाने बारे आफुले प्रधानमन्त्रीलाई जानकारी गराएको अध्यक्ष दाहालले बताए ।
भेटमा दुवै नेताबीच सहमतिबाटै संविधान निर्माण गर्ने विषयमा छलफल भएको भन्दै कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले संविधानमा विवादीत बनेको संघियतामा केन्द्रीत बनेर छलफल गर्ने विषयमा दुृवै नेताबीच सहमति भएको जानकारी दिए ।
उनले हिजो बिग्रिएको भनिएको वातावरणलाई सहज बनाउन आजको बैठक महत्वपुर्ण बनेको समेत जानकारी दिए ।
लामो समयपछि शुरु भएको सत्तारुढ दल र विपक्षी मोर्चाको बैठक आ आफ्नै अडानका कारण हिजो भांडिएको थियो । इमेजखबरमा समाचार छ ।