ट्युनिसियाको राजधानी ट्युनिसस्थित बार्दो संग्राहलयमा बन्दुकधारीहरुले आक्रमण गर्दा १९ जना मारिएका छन् । मारिनेमा १७ जना विदेशी पर्यटक र दुईजना ट्युनिसियाली नागरिक रहेको जनाइएको छ ।
राजधानी ट्युनिसको व्यस्त संग्रहालयमा भएको आतंकवादी हमलामा जापान, इटाली, कोलम्बिया, अष्ट्रेलिया, स्पेन, फ्रान्स र पोल्यान्डका पर्यटक मारिएका हुन् ।
स्थानीय प्रहरीको कारबाहीमा दुई बन्दुकधारीको समेत मृत्यु भएको छ । प्रहरीले बन्दुकधारीलाई सहयोग गर्ने अन्य आतंकवादीहरुको खोजी गरिरहेको जनाएको छ ।
ट्युनिसियाको उक्त संग्रहालय संसद भवननजिकै रहेको छ । आक्रमणको समयमा संसदमा प्रतिआतंकवाद कानुनका विषयमा छलफल भैरहेको थियो ।
आक्रणमणपछि ट्युनिसियाका राष्ट्रपति बेजी सेद इसेब्सीले