मुलुकमै उपचार हुन सक्ने खालको रोग लागेमा कुनै भीआईपी, भीभीआईपीले अब राज्यकोषको खर्चमा विदेश जान नपाउने

काठमाडौ  – मुलुकमै उपचार हुन सक्ने खालको रोग लागेमा कुनै भीआईपी, भीभीआईपीले अब राज्यकोषको खर्चमा विदेश जान नपाउने भएका छन्।
स्रोतका अनुसार स्वास्थ्यमन्त्री खगराज अधिकारी बिहीबार मन्त्रिपरिषद् बैठकमा यससँग सम्बन्धित प्रस्ताव राखेका छन। 
प्रस्तावअनुसार सरकारी मर्यादाक्रममा रहेका भीआईपी/ भीभीआईपीले पहिला वीर अस्पतालमा उपलब्ध भीआईपी/भीभीआईपी वार्डमा जानैपर्नेछ। त्यहाँ उपचार प्रक्रिया सुरु गर्दा सकारात्मक नतिजा ननिस्केको खण्डमा मात्र चिकित्सकसहितको मेडिकल बोर्डले सिफारिस गरेपछि विदेश उपचारमा पठाइनेछ।
अब मेडिकल बोर्डको सिफारिसबिना कुनै भीआईपीले विदेशमा उपचार गराएको खर्च राज्यले बेहोर्ने छैन, मन्त्रालय स्रोतले भन्यो। कान्तिपुरमा समाचार छ ।