थाइल्यान्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलक शिनावत्रालाई विवादास्पद चामल अनुदान योजनामा लापरबाही गरेको विषयमा सुनुवाइका लागि उपस्थित हुन आदेश दिएको छ ।
थाइ राजनीतिमा बलियो पकड रहेको शिनावत्रा परिवारमा यिङलकलाई पाँंच वर्षसम्म राजनीतिक गर्न प्रतिबन्ध लगाएपछिको यो निर्णयले ठूलो धक्का लागेको छ ।
यिङलकले पदमा रहँदा लापरबाही गरेको आरोपमा आपाराधिक मुद्दाको पनि सामना गरिरहेकी छन् । यिङलकले बढीमा १० वर्षको जेल सजायसम्मको मुद्दाको पनि सामना गरिरहेकी छन् ।
गत मेमा महिनौ लामो विपक्षीको प्रदर्शन पछि सैन्य कूबाट यिङलक पदच्यूत भएकी थिइन । यिङलकले भने आफूले गरिब जनतालाई सहयोग गर्ने प्रयास गरेको भन्दै चामल अनुदान योजनाको बचाउ गरेकी छन् । एजेन्सी