२ करोड ७३ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिक पक्राउ
चैत्र ५ गते, २०७१ मा प्रकाशित
काठमाडौं । प्रहरीले २ करोड ७३ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार राति ड्रागन एअरबाट हङकङ जान लागेका मनोहरलाल त्रिपादास असुधानीलाई अवैध विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको हो । विहीबार विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रहरीले शंकास्पद अवस्थामा लगेज नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनको साथबाट विदेशी मुद्रा बरामद भएको जनाएको हो ।
हङकङका कपडा व्यापारी असुधानीको साथबाट १ लाख ७९ हजारभन्दा बढी अमेरिकी डलर, ५ लाख ५८ हजार युयान, २ सय ५० पाउन्ड, १ सय ८० युरो, ५० अष्टे