संरक्षणको अभाबमा लोप हुदै अर्घाखाँचीका नौमती बाजा (तस्बिर सहित)

प्रेमनारायण आचार्य
खाँचीकोट, अर्घाखाँची । नेपाली लोक सस्कृती झल्कने नौमतीबाजा अहिले लोप हुदै जान थालेका छन । अन्य बाजाको प्रभाब र दमाई जातीको बाजा बजाउने पेसालाइ संरक्षण गर्न नसक्दा अहिले लोप हुने अबस्थामा पुगेको हो ।
 
नौमती: अर्घाखाँचीको अर्घा गाविसको धरम्पानीमा भएको बिबाहमा नौमती बाजा बजाउदै अर्घाका दमाइहरु । तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
 


परापुर्ब काल देखिनै राज्याभिसेक, बिबाह, ब्रतबन्ध, पुजा र अन्य खुसीयालीका कार्यमा घन्कने लोक बाजा अन्तर्गत पर्ने नौमतमी बाजा लोप हुन थालेको छ । नौमती बाजा लोप हुदा पनि बाजा संरक्षण गर्न पहल नगरेको भन्दै बाजा बजाउने दमाइहरुले गुनासो पोख्न थालेका छन । 
अर्घाखाँचीका अर्घा, किमडाडा, ढिकुरा, खाँचीकोट, ठाडा, नरपानी लगायतका गाविसका दमाइ दाइहरुले बजाउने नौमतीबाजा अहिले लोप हुदै जादा बजाउने हरु पनि बैकल्पिक पेसाको खोजीमा छन । 
दुइ दमाहा, दुइ ट्यांकुलो, सनाई , कर्नाल, धंकुरी, झ्याली लगायतका बाजाहरु मिलाएर १०, ११ जनाको समुहले बजाउने बाजाहरु अहिले फाटफुट मात्रामा मात्र देखिन्छन । बजाउनेहरुलाई जातीयताको आधारमा गरिने ब्यबहार र बाजा बजाएर मात्रै जीबीकोपार्जन गर्न समस्या हुन थालेपछि उनीहरु अहिले अन्य पेसाको खोजीमा लागेका छन । 
 


नौमती: अर्घाखाँचीको अर्घा गाविसको धरम्पानीमा भएको बिबाहमा नौमती बाजा बजाउदै अर्घाका दमाइहरु । तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
 


आफ्ना बाबु बाजेले गर्दै आएको काम आफुहरुले पनि गर्दै आएको तर नँया पुस्ताले बाजा बजाउने काम गर्न नखोजे पछि लोप हुने अबस्थामा पुगेको अर्घाका बलबाहदुर दमाइले बताए । 
मौलीक सस्कृति अन्तर्गत पर्ने नौमती बाजा संरक्षणकालागि कहि कतैबाट सहयोग नभएको भन्दै सहयोग गरेर बाजा संरक्षण अभियानमा लाग्न उनीहरुले आग्रह गरेका छन । बाजाको तालमा छमछम नाचिने बाजाहरु अहिलेका बिभिन्न गित, संगीतले बिस्थापीत गर्न खोजेका छन । 
 
नौमती: अर्घाखाँचीको अर्घा गाविसको धरम्पानीमा भएको बिबाहमा नौमती बाजा बजाउदै अर्घाका दमाइहरु । तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
 


युबा पुस्ताहरुले नौमती बाजा बजाउन नसिकेको कारण आफुहरु पछि बाजा बजाउने काम पनि सकिने अर्घाका नौमती बादकहरु बताउन्छन । लोपहुदै जान थालेका नौमती बाजा संरक्षण गर्न पहल गर्नु हामि सबैको जिम्मेबारी हो । त्यसैले बाजाको संरक्षणमा हामी सबै लाग्नु पर्छ ।

अन्य समाचारहरु