विप्लप माओवादीद्धारा सन्धिखर्कमा मसाल बाली कोण सभा सम्पन्न

शोभाखर पन्थी 



सन्धिखर्क, अर्घाखाँची  । आफ्नो पार्टीका पोलिट ब्युरो सदस्य ईश्वरी दाहाल लगायतका नेता तथा कार्यकर्तालाई शुक्रबार काठमाण्डौमा गिरफ्तार गरेको विरोधमा नेकपा माओवादी अर्घाखाँचीले आज सन्धिखर्कमा मसाल बाली कोण सभा सम्पन्न गरेको छ ।

 


तस्बिर: शोभाखर पन्थी , अर्घाखाँचीडट्कम्



कोण सभामा मन्तव्य राख्ने वक्ताहरुले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा नगरिए प्रतिरोधमा उत्रिने चेतावनि दिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले जन अधिकार कुण्ठित गरि मुलुकमा फासिस्ट तानाशाहि व्यवस्था लाद्न खोजेको आरोप लगाउँदै देश र जनताको निम्ति आवश्यक परे फेरी पनि हतियार उठ्न सक्ने चेतावनि दिए । 



मुलुकमा अन्याय, अत्याचार, दमन, उत्पिडन र शोषणको राज भएको बताउँदै ,वत्ताहरुले जनतालाई अधिकार सम्पन्न बनाउन वलिदानीको कोटा चुत्ता गर्न समेत पछि नपर्ने बताए ।



एमाओवादीका सीमित व्यक्तिहरुले आत्मसमर्पण गर्दैमा माओवादी आन्दोलन नसकिनेमा जोड दिदै उनीहरुले क्रान्तिको सुनामीको सामना गर्न नेपाली कांग्रेस र नेकपा एमालेलाई चेतावनि दिए ।



यसरी मन्तव्य राख्नेहरुमा क्रान्ति पत्रकार संगठनका केन्द्रीय नेता शोभाखर शर्मा, युवा जन-सेवकका जिल्ला अध्यक्ष तथा नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य योगेन्द्र चौहान, नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य खेम घर्ती लगायत हुनुहुन्थ्यो । माओवादीले बालेको ज्वालालाई कार्यक्रम स्थलमा पुगेको प्रहरीले निभाई दिएको थियो ।

अन्य समाचारहरु