काठमाडौ – एकीकरणको लागि वार्ता सुरु गरेका आधा दर्जन कम्युनिष्ट पार्टीले शान्ति सम्झौता लागू नभएको भन्दै संयुक्त आन्दोलन गर्ने निर्णय गरेका छन् । आज नेकपा-माओवादीको पार्टी कार्यालय बुद्धनगरमा एकताको लागि छलफल गरका उनीहरुले चैत २३ गते देशभर विरोध कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।
नेपाल सरकारबीच २०६३ मंसिर ४ गते विस्तृति शान्ति सम्झौता गरेर तत्कालीन विद्रोही पार्टी नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएको हो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाका अनुसार बैठक शान्ति प्रक्रियाको बिषयमा केन्दि्रत थियो । केही साता अघि सर्वोच्च अदालतले युद्धकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिन सरकारको नाममा आदेश दिएपछि माओवादीले त्यसको विरोध गर्दै आएको छ ।
बैठकमा सहभागी नेताहरुले सत्तापक्षले शान्ति सम्झौता उल्टाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
६ पार्टीले शान्ति सम्झौता लागू गर्न दवाब दिने उद्देश्यले चैत १४ गते अन्तक्रिर्या कार्यक्रम आयोजना गर्ने भएका छन् । एमाओवादी र नेकपा-माओवादीबीच एकताको लागि वार्ता अघि बढाउन गठित कार्यदललाई पुर्नगठन गर्ने निर्णय पनि आजको बैठकले गरेको महासचिव थापाले बताए ।
बैठकले द्वन्द्व पीडितलाई राहत दिन सरकारले ढिलाई गरेको भन्दै दवाब सिर्जना गर्ने निर्णय गरेको छ ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा-माओवादी अध्यक्ष मोहन बैद्य, नेकपा माओवादीका अध्यक्ष मातृका यादव, नेकपा माओवादीका अध्यक्ष नेक्रविक्रम चन्द, नेकपा एकीकृतका परि थापासहित सबै पार्टीका शीर्ष तहका नेताहरु सहभागी थिए ।
६ पार्टीको बैठक हुनुअघि एमाओवादी र नेकपा-माओवादी शीर्ष नेतृत्वबीच पार्टी एकताको बिषयमा छलफल भएको थियो । ईकन्तिपुरमा समाचार छ ।