सिंगापुरका राष्ट्रनायक मानिने लि क्वान यु को ९१ बर्षको उमेरमा निधन

सिंगापुरका राष्ट्रनायक मानिने लि क्वान यु को ९१ बर्षको उमेरमा निधन भएको छ ।
३१ बर्षसम्म सिंगापुरका प्रधानमन्त्री रहेका लि क्वानले मुलुकलाई एउटा समुद्री तटीय शहरबाट विश्वकै उदीयमान अर्थतन्त्रको रुपमा परिणत गराएका थिए ।
लि क्वान सन् २०११ सम्म प्रधानमन्त्रीको रुपमा सक्रिय थिए ।
सानो टापु मुलुक सिंगापुरलाई विश्वकै समृद्ध देशको रुपमा बदल्न लि क्वानको भुमिका अतुलनीय मानिन्छ । उनलाई सिंगापुरका राष्ट्रपितासमेत भन्ने गरिन्छ ।
केही आलोचकले भने उनको तनाशाही शैलीलाई खुबै आलोचना गरेका थिए । लि क्वानको पालामा खासगरी मौलिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको थियो ।
सिंगापुर बेलायतबाट स्वतन्त्र हुँदा तथा मलेसियाबाट अलग हुँदा समेत निकै महत्वपुर्ण व्यक्ति मानिएका लि क्वानको मृत्यु भएको उनकै छोरा एवं हालका प्रधानमन्त्री लि सेन लुङको कार्यालयले पुष्टी गरेको हो ।
स्वर्गीय क्वानको यही मार्च २९ तारीखका दिन राजकीय सम्मानको साथ अन्तेष्टी गरीने बताईएको छ । – एजेन्सी