अर्जुन भुसाल
लुम्बिनी, रुपन्देही । अर्घाखाँचीको आवधिक पञ्चवर्षिय जिल्ला विकास योजना तर्जुमा गोष्ठी रुपन्देहीको पर्यटकीय स्थल लुम्बिनीमा सुरु भएको छ । यहाँको वुद्ध माया गार्डेन्समा गोष्ठी सुरु भएको हो । २०७२-७३ देखि ०७६-०७७ सम्मको आवधिक योजना तर्जुमा गर्न गोष्ठीको आयोजना गरिएको हो । गोष्ठी तिन दिन सम्म चल्ने छ । कृषि, पर्यटन र उद्योगमा विस्तार समतामूलक सहभागिता समृद्ध अर्घाखाँचीको मूल आधार भन्ने दीर्घकालिन सोँचका साथ आवधिक योजना तयार पार्न लागिएको जिविस सूचना शाखाका शेषकान्त घिमिरले बताए । गोष्ठीको संघिय मामिला तथा स्थानीय विकास मन्त्रलायका सचिव डा. सोमलाल सुवेदीले दिप प्रज्वलन गरि उद्घाटन गरे । उद्घाटन शत्रमा बोल्दै सचिव सुवदीले प्रभावकारी ढंगबाट योजना तर्जुमा गर्न सुझाव दिए । उनले वर्षइ पिच्छे योजना बनाइ खर्च गर्ने परिपाटीको अन्त्य गर्नु पर्ने बताए । साना तिना टुक्रे योजनामा वजेट विनियोजन गर्दा विकासले फड्को मार्न नसकेको उनले बताए ।
आवधिक योजनामा संभव नै नहुने योजना समावेश गर्नु हुँदैन उनले भने, छुट्नै नहुने खालका योजनालाई प्राथमिकतामा राख्नु पर्छ । उनले विषयगत कार्यालयले पनि भविष्यलाई मध्यनजर गर्दै दुरगामी योजना तयार पार्नु पर्ने बताए । उनले जुन सुकै पार्टीका नेताले सम्पन्न गरेको काम भएपनि सबैले साझा ठानेर विकासको काममा लाग्नु पर्ने औल्याए । स्वामित्व सबै मिलेर ग्रहण गर्नुपर्छ उनले भने, विकासको काममा सबैको हातेमालो चाहिन्छ । स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले आवधिक योजना तर्जुमा गोष्ठीले जिल्लाको चौतर्फी विकासमा ठूलो टेवा पुग्ने बताए । उनले मसिना पक्षहरुको समेत अध्ययन गरेर योजना तयार पार्ने बताए ।
उट्घाटन शत्रमा जिल्ला विकास समितिको कार्यालयका योजना तथा प्रशासकिय अधिकृत धिरज पौडेल र कार्यक्रम अधिकृत हरिशचन्द्र भुसालले बोलेका थिए । कार्यक्रमको सहजिकरण राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक जगन्नाथ अधिकारी, नेष्ट, इकोकोडका क्षेत्रीय तथा सहरीयोजना विद योगेशपूर्ण श्रेष्ठ, सुधा श्रेष्ठ र विश्व दिप भट्टराईले गरेका थिए । सहजकर्ताहरुले समृद्ध अर्घाखाँची बनाउन सरोकारवाला सबै पक्षले आ-आफ्नो ठाउँबाट प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बताए । उनीहरुले भौतिक पूर्वाधारका काममा मात्र वजेट खर्च गर्दा अन्य विकास निर्माणका कामहरु ओझेलमा परेको भन्दै पक्ष क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख, सरकारी कार्यालयका प्रमुख, महिला संघ संघठनका प्रमुख, विभिन्न संस्थाका प्रमुख, प्रतिनिधि, पत्रकार गरि करिव एक जनाको उपस्थिति रहेको छ । जिविसको आयोजना र युएनफपिएको सहयोगमा गोष्ठी सुरु भएको हो ।