बहुमतीय प्रक्रियामा गएर अहिलेको राजनीतिक समस्या समाधान हुनै नसक्ने एकीकृत माओवादीका बाबुराम भट्टराईको भनाई

काठमाडौं । एकीकृत माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बहुमतीय प्रक्रियामा गएर अहिलेको राजनीतिक समस्या समाधान हुनै नसक्ने बताएका छन् ।
ज्ञानु दाहाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रमपछि सन्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बहुमतीय प्रक्रियाबाट संविधान बन्नै नसक्ने बताए । उनले बहुमतीय प्रक्रिया छाडेर दलहरुबीचको सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा समेत जोड दिए ।
दलहरुबीच सहमतिको विकल्प नभएको भन्दै भट्टराईले पार्टी अध्यक्ष पुष्पकमल दाहाल चीनबाट फर्किएपछि सहमतिका लागि गम्भीर प्रयास गरिनेसमेत बताए ।
कार्यक्रममा ज्ञानु दाहाल स्मृति स्मारिकाको विमोचन र रक्तदान गरिएको थियो । सो अवसरमा ज्ञानु दाहाल क्यान्सर मेमोरियल ट्रष्ट स्थापना गरिएको जानकारी गराइएको थियो ।
एमाओवादी अध्यक्ष दाहालकी जेठी छोरी ज्ञानु दाहालको क्यान्सरका कारण एक वर्षअघि निधन भएको थियो । इमेजखबरमा समाचार छ ।