वीरेन्द्र केसी
लुम्बिनी । एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले संविधान निर्माणका लागि सबै दलबीच सहमती हुनुको विकल्प नभएको बताएका छन । उनले यसको लागि सबै दलका दोस्रो तहका नेताहरु सहमती जुटाउन घनिभुत रुपमा लागेको बताए ।
रायमाझीले पर्यटकीय स्थल लुम्बिनीमा तिनदिनसम्म चलेको आवधिक अर्घाखाँची जिल्ला विकास योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै काग्रेसका दिलेन्द्र बडु र पुर्णबहादुर खडका, एमालेबाट सुरेन्द्र पाण्डे र प्रदिप ज्ञवाली र एमाओवादीबाट म र वर्षमान पुन सहमती जुटाउन गृहकार्यमा लागेको बताए । सबै विषयमा सहमती गरेर पाटीका प्रमुख नेताहरुलाई सहमतीमै संविधान जारी गर्न दवाव दिने योजना रहेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री शुसील कोईरालाका परराष्ट सल्लाहकार डा.दिनेश भटराईले प्रधानमन्त्री पनि सहमतीको लागि लागि परेको बताए । उनले जसरी पनि लोकतान्त्रिक संविधान जारी गर्न कोईराला विभिन्न दलका नेतासग छलफल जारी राखेको बताए । कार्यक्रममा सभाषद डा. दुमन थापा, शान्ता मानवी, स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी, राष्टिय योजना आयोगका निर्देशक जगन्नाथ तिवारी गोष्ठीमा उपस्थिती भएका थिए । कार्यक्रम युएनएफपीएको १५ लाख रुपैयाको सहयोगमा गोष्ठी सञ्चालन गरिएको स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए । गोष्ठीले कृषि, पशुपालन र पर्यटनको विकासलाई उच्च प्राथमिकता दिएको छ । जिल्ला स्थित सबै दलका नेता, विकाससग सम्बन्धित सबै कार्यलय प्रमुख, संघसस्था र सञ्चारकर्मी गरी ८० जना लुम्बिनीमा भएको गोष्ठीमा सहभागी छन ।