प्रेमनारायण आचार्य
अडगुरी, अर्घाखाँची १४ चैत । एसियन लाइफ इन्सुरेन्स कम्पनी अर्घाखाँचीले अडगुरी गाविसमा बिमा रकम हस्तान्तरण तथा बिमाको बारेमा जानकारी मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
तस्बिर – प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
अड्गुरी गाविस निवासी राधा बिकको मृत्यु भए पछि उनको बिमा बापतको एक लाख तीन हजार पैतीस रुपिया उनका श्रिमान राजु बिकलाइ हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण तथा जीबन बिमाको बारेमा एसियन लाईफ इनस्योरेनस कम्पनी अर्घाखाँची शाखाका प्रमुख माधबप्रसाद पौडेलले जानकारी गराउनु भएको थियो ।
बिमा रकम हस्तान्तरण र बिमाको बारेमा जानकारी गराउदै एसियन लाईफ इनस्योरेनस कम्पनी अर्घाखाँची शाखाका प्रमुख माधबप्रसाद पौडेल । तस्बिर – प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
जीबन बिमा बापतको रकम मृतक बिकका श्रिमान राजुलाइ कम्पनीका अभिकर्ता देबीप्रसाद पाण्डे र नेत्र कुवरले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।