एम्नेष्टी इन्टरनेसनलले विश्वमा मृत्युदन्ड दिनेक्रम बढेको भन्दै यसको भत्र्सना गरेको छ ।
मृत्युदन्डसम्बन्धी आफ्नो वार्षिक समीक्षामा एम्नेष्टीले सन् २०१४ मा विश्वभर पाँच सयभन्दा बढीलाई मृत्युदन्ड दिइएको उल्लेख गरेको छ । चीन र नाइजेरियामा योक्रम बढेको पाइएको छ ।
चीनले सार्वजनिक गरेको मृत्युदन्डको आधिकारीक तथ्यांकमा भने संख्या घटेको देखाइएको छ । केही मुलुकले सुरक्षा चुनौतीको नाममा मृत्युदन्डको प्रयोग गरेको एम्नेष्टीले जनाएको छ ।
एम्नेष्टीले सन् २०१४ मा विश्वका २२ मुलुकमा ६ सय ७ जनालाई मृत्युदन्ड दिइएको भन्दै यो संख्या सन् २०१३ को भन्दा २२ प्रतिशतले बढी रहेको उल्लेख गरेको छ । (एजेन्सी)