नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य घटाएको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटेको छ।
आयल निगम व्यवस्थापनले इण्डियन आगल निगमले पठाएको नयाँ मूल्य सूचि अनुरुप पेट्रोलियम पदार्थको नयाँ मूल्य समायोजन गरेको बताएको छ।
नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ९, मट्टीतेल र डिजेलको ८६ रुपैयाँ ५० पैसा पर्ने भएको छ। ६ महिना अगाडि अवलम्बन गरेको स्वचालित मूल्य प्रणाली अनुसार आयल निगमले हरेक १५ दिनमा मूल्य समायोजन गर्नुपर्ने हुन्छ। सेतोपाटीमा समाचार छ ।