रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा स्थापना गर्न लागेको सेवा केन्द्र खारेज भएपछि चन्द्रनिगाहपुरमा बिद्यार्थीले बिरोध जुलुस निकालेका छन् ।
जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका बिद्यार्थीले सरकारले चन्द्रनिगाहपुरमा स्थापना गर्न लागेको मालपोत र नापी कार्यालयको सेवा केन्द्र यथासक्य स्थापनाको माग राख्दै जुलुस निकालेका हुन् ।
उनीहरुले आज पहिलो दिन पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा आधाघण्टा चक्काजाम समेत गरेका छन् ।
उता हिजो नेपाल रेडक्रस सोसाइटी रौतहटको मध्यस्तकर्तामा सरकारको तर्फबाट स्थानिय प्रशासनका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र आन्दोलनकारीको तर्फबाट उद्योग बाणिज्य संघका अध्यक्ष कन्त मणी जयसवाल, एमाओवादीका सभासद असोक जैसवाल, तमलोपा, फोरम लोकतान्त्रिक, सद्भावनाका नेताहरुसहित भएको वार्तामा सहमति हुन नसकेपछि बिहान आठ बजेदेखि पुनः वार्ता हुने भनिए पनि वार्ता अझै सुरु भएको छैन ।
सुरक्षाकर्मीले घरहरुमा तोडफोड र लुटपाट गरेको तथा सशस्त्र प्रहरीको गाडीले स्थानिय रामआशिष ठाकुरलाई ठक्कर दिएर मारेको भन्दै हिजो बिहानैदेखि गौरमा आन्दोलनकारीले प्रदर्शन थालेका थिए ।
नापी र मालपोत कार्यालयका सेवा केन्द्र चन्द्रनिगाहपुरमा स्थापना गर्ने निर्णय भने सरकारले शुक्रबार नै खारेज गरेको थियो ।
आन्दोलनकारीले तोडफोड र लुटपाट गर्ने सुरक्षाकर्मीलाई कारवाहीको माग, मृतकलाई शहीद घोषणा, घाइतेको उपचार र क्षतिपूर्ती लगायत सात बूंदे माग राखेका छन् ।
स्थानियको प्रदर्शनको कारण चार दिनदेखि गौर बजार पूर्ण रुपमा बन्द छ भने गौरदेखि चन्द्रनिगाहपुरसम्मको सडकमा सवारीसाधन चलेका छैनन् । रौतहट सदरमुकाम गौरमा लगाइएको कफ्र्यु भने आज बिहान चार बजेबाट हटाइएको छ । इमेजखबरमा समाचार छ ।