रौतहट – सदरमुकाम गौरबाट सेवा कार्यालय विस्तारको विरोधमा उत्रिएका आन्दोलनकारीले आज सोमबार शसस्त्र प्रहरीको बेलबिछुवा बेस क्याम्प घेराउ गर्दै ढुङ्गामुढा गरेका छन् । क्याम्प बाहिरबाट सयौको संख्यामा आएका आन्दोलनकारीले ढुङ्गामुढा र तोडफोड सुरु गरेका हुन् । ईकन्तिपुरमा समाचार छ ।
अहिले त्यहाको स्थिति तनावग्रस्त रहेको रहेको शसस्त्र प्रहरी सीमासुरक्षा बल हजमिनियाले जनाएको छ । यता आन्दोलनकारीसँग वार्ता गर्न राजधानीबाट आएको सुरक्षा निकायका २ एआईजीहरु गणेश राई र केके तामाङ्ग सहितको टोली फर्केको छ । वार्ता असफल भए पछि उनीहरु फर्केका हुन् ।
आन्दोलनकारीले बेसक्याम्प बाहिर नाराबाजी गरी घेरेर ढुङ्गामुढा गर्न थालेपछि शसस्त्र प्रहरी प्रतिकारात्मक रक्षामा भित्रै बसेको छ । त्यहाँको स्थिति तनावग्रस्त बनेपछि जिल्ला र हजमिनियाबाट थपको मद्दतको लागि टोली पुगेको छ ।
कार्यालय बिस्तारको निर्णय सरकारले फिर्ता लिए पनि यहाँ आन्दोलन रोकीएको छैन् । आन्दोलनले अर्को मोड लिए पछि सुरक्षाअधिकारीहरु सरकारको निर्णयको पखाईमा बसेका छन् । आइतबार रातिको वार्ता असफल बनेपछि अर्को वार्ताको टुङ्गो लागेको छैन् ।
शसस्त्र प्रहरीको सबारीको ठक्करबाट मृत्यु भएका रामअशिष ठाकुरलाई शहिद घोषणा नगरे सम्म अन्य मागका बारेमा छलफल अघि नबढाउने आन्दोलनकारीको अडान पछि रातिको वार्ताले कुनै निर्णय लिन सकेन् ।
पाँच दिन देखी जारी तनाबले गौरको जनजीवन अस्तव्यस्त बनेको छ । त्यहा अपरान्ह आन्दोलनकारीले शान्तिपुर्ण जुलुस प्रदर्शन गरी एमाले नेता माधवकुमार नेपालको पुत्ला दहन गरेका छन् । गौरमा प्रहरी दमन बढेको भन्दै आन्दोलनकारी रुष्ट बनेका छन् ।
चन्द्रनिगाहपुरमा आन्दोलन सुरु
कार्यालय विस्तारको निर्णय फिर्ता लिएको भन्दै चन्द्रनिगाहपुरमा बिद्यार्थी सघर्ष समितिले सयुक्त रुपमा आन्दोलन सुरु गरेका छन् । उनीहरुले पुर्वपश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरी बिरोध प्रर्दशन गरेका छन् । सरकारले निर्णय लागू नगरे कडा आन्दोलनको चेतावनी बिद्यार्थीले दिएका छन् । ईकन्तिपुरमा समाचार छ ।
ठक्करबाट मृत्यु भएकालाई सहिद घोषणा गर्न माग
ईकन्तिपुरमा समाचार छ । शसस्त्र प्रहरीको सबारीको ठक्करबाट मृत्यु भएका रामअशिष ठाकुरलाई सहिद घोषणा नगरेसम्म अन्य मागका बारेमा छलफल अघि नबढाउने आन्दोलनकारीको अडानपछि आईतबार रातिको वार्ताले कुनै निर्णय लिन सकेन् । मृतक ठाकुरको शव चार दिनदेखि गौर अस्पतालमा छ ।
सदरमुकाम गौरबाट कार्यायल बिस्तारको बिरोधमा उत्रेका प्रदर्शनकारी र सुरक्षाकर्मीको झडपले स्थिति तनाबपूर्ण बनेपछि सरकारले सेवा केन्द्र फिर्ता लिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि पनि यहाँ आन्दोलन रोकिएको छैन् ।
वार्ताका लागि आइतबार गौर आएका आएका क्षेत्रिय प्रशासक रामकुमार आचार्यसहितको टोली बाटोको अबरोधका कारण सदरमुकाम आउन नसकेपछि हेलिकप्टरमार्फत आएका थिए । क्षेत्रिय प्रशासकसहित नेपाल प्रहरीका अतिरिक्त नायब महानिरीक्षक (एआईजी) गणेश राई र शसस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) केके तमाङ्ग सहितको टोली आईतबार साँझ हेलिकप्टरबाट गौर अाएका थिए । राति १० बजेबाट सुरु भएको बार्ता अढाई घण्टा चलेर बिना निष्कर्ष टुङ्गएिको थियो ।
‘आन्दोलनकारीको मागका बारेमा हदै लचिलो भएका हौ’, प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने, ‘उनीहरु आफ्ना मागबाट अलिकति पनि पछि नहटेकाले निष्कर्षमा पुग्न नसकेको हो ।’ आन्दोलनकारीहरु ठाकुरलाई सरकारले शहिद घोषणा गरेमात्र पुन वार्तामा बस्ने अडान राखेर बाहिरिएका थिए ।
‘सरकारी पक्षले सम्बोधन गर्ने सोच बनाएन’, वार्तामा सहभागी फोम लोकतान्त्रिकका अजय गुप्ताले भने, ‘कम्तिमा सहिद घोषणा गरियो भने मात्रै वार्ताको वातावरण बन्न सक्छ ।’
‘हामीले आफ्ना मागहरु सरकारी टोलीसमक्ष राखिसकेको छौ’, गुप्ताले भने, ‘अब पूरा गर्ने काम राज्यको हो ।’ आन्दोलनकारीले अस्पतालमा रहेको मृतक ठाकुरको शवलाई सोमबार नगरपरिक्रमण गराउने भएका छन् ।
प्रधानमन्त्रीको कार्यालयबाट सेवा केन्द्र विस्तारको निर्णय फिर्ताको पत्र आएको राति सवारीको ठक्करबाट ठाकुरको मृत्यु भएको थियो । आन्दोलनकारीले यही बिषयलाई लिएर आन्दोलन सुरु गरेका छन् । उनीहरुले ठाकुरलाई सहिद घोषणा, उनका परिवारका एक सदस्यलाई रोजगारी, उचित क्षतिपूर्ति, प्रहरी ज्यादतिको छानविन चन्द्रनिगाहपुरमा भएको सरकारीका कार्यालय सदरमुकाममा ल्याउनुपर्ने लगाएतको माग अघि सारेका छन् ।
सरकारी वार्ता टोलीले आन्दोलनकारीका मागका बारेमा माथिल्लो निकायमा जानकारी गराउने जनाएको छ । ईकन्तिपुरमा समाचार छ ।