इराकको टिक्रिट सहरमा आइएसले हत्या गरेको भनिएका १७ सय सरकारी सेनाको १२ सन्दिग्ध चिहान फेला

इराकको टिक्रिट सहरमा इस्लामिक अतिवादी समूह आइएसले हत्या गरेको भनिएका १७ सय सरकारी सेनाको १२ सन्दिग्ध चिहान फेला परेको छ ।
अमेरिकी सेनाको वेस क्याम्पनजिक पक्राउ परेका सैनिकलाई आइएसले मारेर विभिन्न चिहानमा गाडेको अनुमान गरिएको छ । यस्ता चिहानमध्ये केही सद्दाम हुसेनको राष्ट्रपति भवन परिसरमा समेत फेला परेका छन् ।
आइएसले टिक्रिटलाई आफ्नो मुख्यालय बनाएको थियो । हालै मात्र त्यहाँको सरकारी सेनाले टिक्रिट सहर आइएसको नियन्त्रणबाट मुक्त गरेको थियो । (एजेन्सी)