काठमाडौं । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलनका नाममा तोडफोड र आगजनी गरे कडा कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।
विपक्षी मोर्चाको मंगलबारको बन्दका क्रममा सरकारले हदैसम्मको संयमता अपनाएकाले ठूलो अप्रिय घटना नभएको भन्दै गृह मन्त्रालयले आन्दोलनको नाममा बन्द, हडताल, तोडफोड र आगजनी गरे कारबाही गर्ने चेतावनी दिएको हो ।