वीरेन्द्र केसी
लुम्बिनी / अर्घाखाँची । राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक जगन्नाथ अधिकारी विकास निर्माणमा दलीय नेता एक स्वरले बोल्दा अचम्मै परे । सबै पाटीका नेताबीच यस्तो एकमत मैले देखेको थिएन, उनले सुनाए, धेरै कार्यक्रममा भाग लिए एक पार्टीका नेताले भनेको अर्काे नेताले विरोध गरेपनि विकासमा अर्घाखाँचीमा दलीय संरचना एक मन रहेछ कस्तो राम्रो परिपाटी रहेछ । अन्तरक्रिया र समुह छलफलमा राजनीति देखिएन ।
(तस्बिर- वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम)
मुलुक जनप्रतिनिधी विहीन छ । सबै दलका नेता एकमन भएपछि विकास गर्न सजिलो हुन्छ । गौतमबुद्धको जन्म स्थल लुम्बिनीमा भएको तीन दिवसीय आवधिक अर्घाखाँची जिल्ला विकास योजना तर्जुमा गोष्ठीमा क्रियाशिल दलका नेताले एउटै स्वरले विकास योजना पारित गरे । राजनीति आफनो ठाउँमा छदैछ नी तर जिल्लाको विकासमा राजनीति गर्नु हुदैन, एमाओवादी अध्यक्ष चन्द्र बहादुर खड्काले भने, नमूना जिल्ला बनाउन मिलेर अगाडी बढनुको विकल्प भएन । सहमती सहकार्य र आपसी एकताबाटै जिल्लाको विकास सम्भव छ भन्ने आफुहरुलाई लागेको उनले बताए । पाँच वर्षभित्रमा महत्वकांक्षी योजना सम्पन्न गर्ने लक्ष्य जिविसको छ । पहिलो चरणमा कृषि र पशुलाई जोड दिएको छ । जिल्लालाई आत्मनिर्भर बनाउन कृषि र पशुमा बढी जोड दिएका छौ, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली भन्छन, गाउँ नै खाली हुने गरी युवाजति विदेशिए घरबारी बाझिए त्यसैले कृषिमा तरकारी, फलफुल उत्पादन र पशुमा दुध, खसीबोका, कुखुरा, बंगुरपालन गरेर उत्पादित वस्तु निर्यात गर्ने पञ्चवर्षीय योजनाको उद्देश्य हो । खाद्यवस्तु जहाँ जे उत्पादन हुन्छ त्यसलाई पकेट क्षेत्र बनाएर आत्मनिर्भर बनाउन उत्पादनमुखी कार्यक्रमलाई जोड दिईने उनले बताए ।
(तस्बिर- वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम)
टोलैपिच्छे सड्क छन । पहिलो चरणमा गाविसमा पुग्ने सड्क ग्राभेल गर्ने योजना छ । वर्षेनी गरिने शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, विकास निर्माण, भौतिक पुर्वाधार लगायतका योजनालाई निरन्तरता दिईनेछ । लुम्बिनीमा गोष्ठी गर्नुको लक्ष्य नै जिल्लाको विकास निर्माणको योजनालाई मसिनरी केलाएर छनोट गर्नु हो, एमाले उपाध्यक्ष जीवनारायण कोईरालाले भने, यसले दृर्घकालिन लक्ष्य पुरा गर्न ठुलो टेवा दिएको छ । नेता, कर्मचारी, गैसस प्रतिनिधि र सञ्चारकर्मी गरी ८५ जनाको टीमले गरेको छलफल परिणाममुखी भएको दावी उनको छ । पाँच वर्ष भित्रमा तीन ठुलो योजना पुरा गर्ने महत्वकांक्षी लक्ष्यमा सबै एकमत छन । पहिलो नौमुले जलविद्युत परियोजना दोस्रो अर्घँमा एयरपोर्ट र अर्घाखाँचीलाई सुख्खग्रस्त क्षेत्र घोषणा । अर्घाखाँचीको जलुके र प्युठानको सीमानामा रहेको २ सय ४५ मेगावाट क्षमता रहेको जलविद्युत परियोजनाको शुरुवात गनैपर्छ, क्षेत्र नं. १ का सभाषद टोपबहादुर रायमाझीले भने, प्युठान, दाङ, कपिलवस्तु, अर्घाखाँची जिल्लाका नेता सभाषद प्रधानमन्त्री, उर्जामन्त्रीकोमा डेलिकेश जाने तयारीमा छौ, गिरिजावावु प्रधानमन्त्री भएकोबेला पनि गयौ तर यसपाली जसरी पनि शुरुवात गराएरै छाडन दवाव दिन्छौ । २०४५ सालमा तीन वर्षसम्म तत्कालिन सरकारले डिटेल सर्वे गरेको थियो । पंञ्चायत ढलेपछि हालसम्म काम रोकिएको छ । यो परियोजना सञ्चालन भएमा अधा देश उज्यालो हुने विश्वास छ ।
(तस्बिर- अर्घाखाँचीडट्कम)
अर्घा धरमपानीमा विमानस्थल निर्माणको लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको उनले बताए । अर्घाखाँचीमा पानीका मुहान छैनन् । अधिकांश भु-भाग सुख्खा छ । नदी खोला छैनन । खानेपानीको गाउँ र सदरमुकाममा संकट छ । सर्बे गरेर जमिन मुनिको पानी निकालेर गाउँमा वितरण गर्नुको विकल्प छैन । तीन वटा ठुला योजनालाई पाँच वर्षमा शुरुवात गर्ने लक्ष्य जिविसको छ । अर्काे तर्फ उत्पादनलाई दुरदराजका वस्तीसम्म जोड दिईने छ । एक घर एक उत्पादन अनिवार्य गर्नुपर्ने नीति बनाईएको छ । देशमा कागतीको माग बढेकाले एक घर एक कागती उत्पादन गर्नुपर्नेमा जोड छ ।
(तस्बिर- वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम)
क्षेत्र २ का सभाषद डा. दुमन थापाले अर्घाखाँची कागती, सुन्तला, अदुवा बेसार लगायत फलफुल राम्रो फल्ने भएकाले थोरै जग्गामा धेरै लाभ लिने गरी गाउँलाई उत्पादन मुखी बनाएर आत्मनिर्भर बनाउने लक्ष्य पञ्चवर्षीय कार्यक्रम हुन सकारात्मक भएको बताए । विदेश जाने युवालाई कृषि र पशुपालनतर्फ आकर्षित गर्नुपर्ने उनले बताए । पर्यटक क्षेत्रमा सुपादेउराली मन्दिर, नेपाली व्याकरणको उदगम स्थल पाणिनी तपोभूमि लगायतका पर्यटकीय स्थललाई प्रचार प्रसार गरी पर्यटक भित्राउने लक्ष्य छ । जिल्लामा एउटा केवुलकार सञ्चालन गरिने छ । ठाउँ पछि छनोट गरिनेछ ।
(तस्बिर- वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम)
जिल्लामा मकै उत्पादनलाई वृद्धि गराई मकैको चिउरा पोखरा, काठमाडौ, बुटवल लगायतका ठुला होटलमा पु-याउने लक्ष्य छ । त्यसको लागि कृषकलाई मकैको बिउ, मल उत्पादन गर्ने प्राविधिक ज्ञान दिने र प्रत्येक घरबाट चिउरा बनाउन मकै उत्पादन गरिने स्थानीय विकास अधिकारी ज्ञवालीको दावी छ । प्रधानमन्त्री शुसील कोईरालाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्राईले विकास योजना बनाएर मन्त्रालय जानुपर्ने र यसमा आफुले सघाउने दावी गरे । गोष्ठीमा काग्रेस सभापति कमल भुसाल, सचिव वासुदेव आचार्य, पुर्वजिविस सभापति पितामब्र भुसाल, राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी, शेरबहादुर विसी, राप्रपाका अध्यक्ष देवीबहादुर खड्का लगायत नेताको उपस्थिति थियो ।
(तस्बिर- वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम)