३० दलीय मोर्चाद्धारा गौर आन्दोलन फिर्ता

 रौतहट  – ३० दलीय मोर्चाले गौर आन्दोलन फिर्ता लिएको छ । सरकारले रौतहटको सदरमुकाम गौरबाट मालापाेत र नापी कार्यालयकाे इकार्इ सेवा केन्द्र चन्द्रनिगाहापुरमा सार्ने निर्णय गरेपछि त्यसको विरोधमा चैत २ गतेदेखि गौरमा आन्दोलन सुरु भएको थियो ।
उद्योग बाणिज्य संघ गौरको नेतृत्वमा सुरु भएको आन्दोलनलाई विपक्षी ३० दलीय मोर्चाले चर्काएका थिए । आन्दोलन चर्किएपछि सरकारले सेवा केन्द्र सार्ने निर्णय फिर्ता लिएको छ ।
प्रहरीको गाडीको ठक्करबाट ६ दिनअघि मृत्यु भएका रामअशिष ठाकुरको शोक सभामा आन्दोलन फिर्ता लिएको घोषणा गरिएको हो ।
सभामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसहित विपक्षी मोर्चा सम्बद्ध दलका स्थानीय नेताहरुले बोलेका थिए ।
गौरबासीले उठाएका मागहरु आफ्ना केन्दि्रय नेताले केन्दि्रयस्तरमै समाधानको लागि पहल गर्ने आश्वासन दिएपछि आन्दोलन फिर्ता लिएको नेताहरुले बताएका छन् । ईकन्तिपुरमा समाचार छ ।