सरकारले स्वाइन फ्लुको संक्रमणले निधन भएका एमाले नेता रामनाथ ढकालको उपचारमा लागेको सम्पूर्ण खर्च व्योहोर्ने

काठमाडौ – सरकारले यसैसाता स्वाइन फ्लुको संक्रमणले निधन भएका एमाले नेता रामनाथ ढकालको गान्डी अस्पतालको उपचारमा लागेको सम्पूर्ण खर्च व्योहोर्ने भएको छ ।
मन्त्रिपरिषदो बिहीवारको बैठकले ढकालको खर्च व्योहोर्ने निर्णय गरेको हो । स्वाइन फ्लु लगायतका समस्याका कारण ढकालको गत आइतबार निधन भएको थियो । 
मन्त्रिपरिषदले दिल्लीमा उपचाररत पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको शल्यक्रिया सफलताको कामना गरेको छ । छलफल साप्ताहिकका प्रकाशक एवं संपादक गोपाल थपलियालाई २५ लाख रुपैयाँमा नबढ्ने गरी उपचार खर्च बेहोर्ने निर्णय पनि मन्त्रिपरिषद्ले लिएको छ । ईकन्तिपुरमा समाचार छ ।