प्रेमनारायण आचार्य
लम्बिनी । एकीकृत लम्बिनी पर्यटन प्रर्बद्धनका लागि ६ जिल्लाका पत्रकारले संयुक्त अभियान संचालन गर्ने भएका छन् । लुम्बिनीका ६ जिल्लाका ५० बढि अगुवा पत्रकारको दुई दिने भेलाले ६ बुँदे कपिलवस्तु घोषण पत्र जारी गर्दै लुम्बिीनी अञ्चलका एकीकृत पर्यटन प्रर्बद्धनमा एक हुने बताएका हुन् ।
(तस्बिर – प्रेमनारायण आचार्य , अर्घाखाँचीडट्कम् )
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाद्धारा बुद्धनगरी तौलिहवामा शुक्रबार र शनिबार आयोजित लुम्बिनी अंचलमा एकीकृत पर्यटन प्रबद्र्धन बिषयमा पत्रकारहरुले साझा घोषणा पत्र जारी गरेका हुन । कपिलवस्तु जिल्ला लगायत रुपन्देही, नवलपरासी, गुल्मी, पाल्पा र अर्घाखाँचीमा रहेका पर्यटकीय क्षेत्रको एकीकृत प्रर्बद्धनका लागि सबै एक भई प्रचार प्रसार तथा विकासमा पहल गर्ने प्रतिबद्धता समेत गरिएको छ । यस्तै नेपाल र भातरसंगका बुद्ध स्थललाई योजनाबद्ध ढंगले एक आपसमा जोडनु पर्ने, पहाडी जिल्लाहरुमा सर्वसुलभ सडक यातायात संचालन गर्नु पर्ने, अंचल स्तरीय पर्यटक पत्रकार मंच गठन गर्नु पर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वय गर्न निरन्तर पहल गर्ने गरी घोषणा पत्र बनाईएको छ ।
पत्रकार महासंघका केन्द्रिय महासचिव उजीर मगरको प्रमुख आथित्यतामा जारी कार्यक्रममा कपिलवस्तुका दर्जन बढि पर्यटकीय स्थलहरुको अवलोकन गराइएको थियो । सो अवसरमा पत्रकार महासंघका महासचिव उजीर मगरले सकारात्मक सोचका साथ अगाडी बढनुपर्ने बताउनुभयो । लुम्बिनी अंञ्चल पर्यटकीय र सांस्कुतिक रुपले देशकै उत्कृष्ठ स्थल बन्न सक्छ, त्यसका लागि सकारात्मक सोचकासाथ अगाडी बढन जरुरी छ । यस अघि लुम्बिनी अंचालका ६ जिल्लाका पत्रकार महासंघका आबद्ध पत्रकारहरुले शुक्रवार प्राचीन कपिलवस्तुका बुद्धस्थलहरु तिलौराकोट, निगालीकाकेट, सगरहवा तथा बिश्वसीमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालको स्थलगत अवलोकन गरेका थिए ।