पुष्प थापा
ढाकाबाङ्ग, अर्घाखाँची
हाल जर्मनी
आयो नववर्ष सवको मनमा ल्यायो खुशी र हर्षउल्लास!
उमंग र खुशीका तरंगहरुले दिनेछ ठुलो जोस र शाहस!!
साथीभाई ईष्टमित्र सबैलाई मेरो २०७२को शुभकामना!
नववर्षमा फलोस फुलोस भगवानसित गर्दछु यही प्रार्थना!!
हाम्रा धेरै आकांक्षाहरुछन मन भरी नवबर्ष २०७२सालमा!
हाम्रा सोचाईका सबै मनकामनाहरु पुरा हुनेछन यस वर्षमा!!
बिगतका तितामिठा अनुभवहरुलाई एकै ठाउमा बिसाई!
यो वर्ष सबैलाई पबित्र बनोस दुर रहुन सम्पूर्ण कठिनाई!!
गैरआवासिय,आवासिय नेपालीहरु हामी सबै एक साथमा!
नव वर्षले ल्याउनेछ सबैलाई अनेकौ उमंगहरुको तातमा!!
बिचारमा आधुनिकता आउनेछ समाजलाई परिवर्तन गर्नेछ!
शु स्वास्थ र दिर्घायुको साथमा उत्तर उत्तर प्रगती रहनेछ!!
नव बर्षमा फलोस फुलोस म भगवानसित गर्दछु प्रार्थना!
साथीभाई ईष्टमित्रहरुलाई नववर्ष २०७२को शुभकामना!!