बंगलादेशका जमात ए इस्लामी पार्टीका नेता मोहम्मद कमरुज्जमांलाई युद्ध अपराधको अभियोगमा फाँसीको सजाय

बंगलादेशका जमात ए इस्लामी पार्टीका नेता मोहम्मद कमरुज्जमांलाई युद्ध अपराधको अभियोगमा बंगलादेशी अदालतले फाँसीको सजाय सुनाएको छ ।
सन् १९७१ मा बंगलाादेशको स्वतन्त्र लडाइका बेला युद्ध अपराध गरेको अभियोग उनीमाथि लाग्दै आएको थियो ।
युद्ध अपराधका लागि बनेको इजलासले कमरुज्जमालाई १ सय २० किसानको नरसंहारको दोषी करार ठहर गरेको थियो ।
उनले आफूमाथिको अभियोग स्वाकार गरेका छन् भने फाँसीको सजायअघि उनले राष्ट्रपति समक्ष क्षमा माग्न अस्वीकार गरेका थिए ।
कमरुज्जमा युद्ध अपराधको अभियोगमा फाँसी पाउने दोस्रो नेता हुन् । सन् १९७१ मा भएको बगलादेशमा भएको युद्धमा ३० लाख जनता मारिएका थिए ।- एजेन्सी