वीरगञ्जको माइस्थानमा अज्ञात समुहको गोली प्रहारबाट एक व्यापारी घाइते

बारा  – वीरगञ्जको माइस्थानमा आइतवार साँझ अज्ञात समुहको गोली प्रहारबाट एक व्यापारी घाइते भएका छन् । गोली प्रहारबाट कपडा पसल थापेर बसेका वीरगञ्ज ९ का ४९ महेश कादमीया घाइते भएका छन् । दाहिने तिघ्रामा गोली लागेको उनको उपचार वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
गहवा माईमन्दिर भन्दा १ सय मिटर दक्षिणतिर रहेको पसलमै बसिरहेको अवस्थामा दुई जना मोटरसाइकलमा आएकाले उनलाई गोली प्रहार गरेका थिए । भारतीय मोटरसाइकलमा आएका दुईजना मध्ये एक जनालाई गोली प्रहार गरी  भाग्दै गर्दा प्रहरीले पक्राउ गरेका छन् । उनको साथबाट २ वटा रिवाल्वर र छ राउन्ड गोली बरामद भएको छ ।
गोली हानेर भाग्नेमध्ये एकजनालाई स्थानीयबासिन्दाले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । उनका अनुसार घटना स्थलमा २ वटा थप सकेट बम फेला परेकाले त्यसलाई निष्त्रिmय पारिएको छ । नेपाली सेनाको बम डिष्पोजल टोलीले सुतली बमलाई डिष्पोज गरेको हो ।
गोली हान्ने समूहको भारतीय मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक लोहनीले बताए । गोली चलेपछि वीरगञ्जका बासिन्दा भने त्रसित भएका छन् । सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । कान्तिपुरमा समाचार छ ।