संविधानसभाको बैठक पूर्वसांसद सलिम मियाँ अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गदैै स्थगित, अर्को बैठक वैशााख ६ गते

काठमाडौं । संविधानसभाको सोमबारको बैठक पूर्वसांसद सलिम मियाँ अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गदैै स्थगित भएको छ ।
अर्को बैठक वैशााख ६ गते दिउँसो ३ बजेको लागि बोलाइएको छ ।
दलहरुबीच संविधान निर्माणको कार्यसूचीमै सहमति नभएकाले सहमतिको पर्खाइमा बैठक केही दिन पर सारिएको थियो ।
यसअघि चैत्र २३ गतेको बैठक पनि पूर्वसभासद रामनाथ ढकालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।
दलहरुबीच संविधानका अन्तरवस्तुमा पनि सहमति नहुने र प्रक्रियामा पनि सहमति नहुने स्थिति लम्बिँदा करिब दुई महिनादेखि संविधानसभा ठप्प प्रायः छ । इमेजखबरमा समाचार छ ।