प्रेमनारायण आचार्य
नरपानी, अर्घाखाँची १ बैसाख । पर्यटकीय स्थल अर्घाखाँचीको नरपानी सुपा देउरालीमा एक दिने पर्यटन महोत्सब सम्पन्न भएको छ ।
(तस्बिर – प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम)
पर्यटकीय स्थलहरु नर्तनाञ्चल पर्बत, सुपा देउराली र खाँचीकोट दरबारको प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उदेश्यले महोत्सवको आयोजना गरिएको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष प्रीतम थापाले बताए ।
मेलामा स्थानीय मगर तथा गुरुगं जातीका भेसभुसा, नाच, गित, खाना तथा झाकी,सहित राष्ट्रिय स्तरका लोक कलाकारहरुको समेत प्रस्तुती रहेको महोत्सब आयोजक नर्तनाञ्चल युबा कल्बका अध्यक्ष मेगबहादुर थापाले बताए ।
धार्मिक पर्यटकीय स्थल सुपा देउराली, पृथ्बी नारायण शाहको मावली खाँचीकोट दरबार तथा पर्यटकीय स्थल नरपानी र नर्तनाञ्चल पर्बतको प्रचार प्रसार गरि आन्तरि तथा बाह्य पर्यटक भित्रयाउनका लागि महोत्सब आयोजना गरिएको थियो ।
(तस्बिर – प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम)
नयाँ बर्षको अबसरमा गरिएको कार्यक्रमको मञ्चमा प्रबेस गर्दा बित्तिकै जन गायक जीबन शर्माले सबै मानीस, मधेसी, पहाडी, हिमाली, जुन ठाउ र जे जातका भए पनि सबै नेपाली एक भएको यो गीत गाए । उनले अहिले जातजाती र एक मधेस एक प्रंदेश जस्ता नारा देखाएर नेपालीबिच बैमनस्यता र दुस्मनीको सृजना गर्न बिभिन्न दल लागेको पनि गित मार्फत बताए ।
उनले सबै नेपाली एक जुट हुने मात्र हैन, संबिधानसभाको निर्बाचनमा दलका नेता र सभासदले दिएका खोक्रा आस्वासन र उनीहरुले गरेको प्रतिबद्धता पुरा नगरेको पनि गित मार्फत प्रस्तुत गरे ।
(तस्बिर – प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम)
पहिलो संबिधान सभाको निर्बाचनबाट संबिधान बन्न नसकेको , पहिलो संबिधानसभाको बिघटनका कारण दोस्रो संबिधान सभाको निर्बाचन भएको पनि गित मार्फत प्रस्तुत गरे । नेताहरु सत्ता र पदमा बढि केन्द्रित रहेको जनता संग गरेको प्रतिबद्धता कार्यन्वयन नगरेको , जनताको मर्म र भाबनालाइ नबुझेको गित गाएर उपस्थित दर्शकलाइ भाबुक बनाए । उनले गाएका सबै गित यति क्रान्तीकारी र उर्जाशिल थिएकि सबै दर्शकहरुलाइनै जुरुकजुरुक बनाएको थियो ।
पर्यटकीय स्थलहरु नर्तनाञ्चल पर्बत, सुपा देउराली र खाँचीकोट दरबारको प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उदेश्यले महोत्सवको आयोजना गरिएको हो ।
मेलामा स्थानीय मगर तथा गुरुगं जातीका भेसभुसा, नाच, गित, खाना तथा झाकी,सहित राष्ट्रिय स्तरका लोक कलाकारहरुको समेत प्रस्तुती रहेको थियो । मेलाको सभासद डा. दुमन सिंह थापाले उद्घाटन गरेका छन । मेलाको उद्घाटन गदैैै सभासद थापाले अर्घाखाँचीमा लुम्बिनीमा आएका पर्यटक भित्रयाृन महोत्सबले मदत गर्ने बताए ।
गोरुसिंग सन्धिखर्क सडकमा पर्ने नरपानीमा हुने मेला अबलोकनकालागि गोरुसिंगेबाट झण्डै ५४ किलो मिटरको यात्रा गर्नु पर्छ । तराइको गर्मीबाट झण्डै डेढ घण्टाको गाडी यात्रामा नरपानीमा आउन सकिन्छ । नरपानी चिसो ठाउ हो । यहा अहिले पनि रातीमा सिरक ओढेर सुत्नु पर्ने तथा हिमाल पनि हेर्न सकिन्छ ।
मेलामा हास्य कलाकार कमल गाँउले, नायक शित्तल केसी, राष्ट्रिय लोक गायक डिल बिक्रम राण, मोहीत मुनाल मदन नेपाली, सागर परियार, एमडी महत लगायतका राष्ट्रिय तथा अन्य स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतीष्ठानका जिल्ला अध्यक्ष सहयोगी बिसीले बताए ।
सुपा देउरालीमा आएर पाठो तथा पाठीको बली दिने र नरपानीमा आएर बनभोज जस्तै गरि देउराली खाने र नाच्ने गाँउने गर्न अर्घाखाँचीका अलवा कपिलबस्तु, रुपन्देही, दांग, बाके, नवलपरासी, गुल्मी, पाल्पा लगायतका जिल्लाबाट दर्शनाथीेहरु आउने गर्दछन ।