जाजरकोटमा दुई सातायता फैलिएको रोगका कारण मर्नेको संख्या १७

 जाजरकोट । जाजरकोटमा दुई सातायता फैलिएको टाउको दुख्ने, बान्ता हुने र ज्वरो आउने रोगका कारण बुधबार फेरि एकजनाको मृत्यु भएको छ ।
टालेगाउँ गाउँ विकास समिति वडा नम्बर-७ का ५८ वर्षीय दलबहादुर शाहीको मृत्युसँगै संक्रमणबाट मर्नेको संख्या १७ पुगेको छ । मंगलबार मात्र चारजनाको मृत्यु भएको थियो । टालेगाउँमा मात्रै १ सय ५० जना बिरामी परेको बताइएको छ ।
यसैबीच, रोग प्रभावित क्षेत्रबाट बिरामीको संकलित नमूनामध्ये तीनजनामा