चीनमा ६ वर्ष यताकै न्यून आर्थिक वृद्धि दर हुने भएको छ । सात प्रतिशतको हाराहारीमा मात्रै सीमित रहने यो वृद्धिदर सन् २००९ को विश्व आर्थिक मन्दी यताको सबैभन्दा कमजोर प्रगति हो ।
यो दर लामै समय रहनेमा चिनियाँ अधिकारीहरु चिन्तित देखिएका छन् । गत वर्षमात्र जापानलाई पछि धकेल्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनका लागि पछिल्लो चौमासिकको प्रगति निकै चुनौतिपूर्ण बनेको हो ।
सात दशमलव पाँच प्रतिशत वृद्धि लक्ष्य रहेको चीनले सात दशमलव चारमा मात्रै सीमित रहेको हो । चीनले १५ वर्षपछि सात दशमलव पाँच प्रतिशतको वृद्धि दर पछ्याउन नसकेको हो ।
उद्योगहरुको बढ्दो क्षमता, स्थानीय ऋण र सम्पत्तिजस्ता कुराले मन्दीमा प्रभाव पारेको हो । जहाँ घट्दो उत्पादन दर अर्को चिन्ताको विषय बनेको छ ।- एजेन्सी