पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा शुक्रबार एकदिन सार्वजनिक बिदा

काठमाडौं  । सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा शुक्रबार एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको विहीबार दिउँसो बसेको बैठकले शुक्रबार राजकीय सम्मानका साथ थापाको अन्त्येष्टि गर्ने, देशभर तथा विदेशस्थित कूटनीतिक नियोगहरुमा नेपाली राष्ट्रिय झन्डा आधा झुकाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । इमेजखबरमा समाचार छ ।