पाकिस्तानको सर्वोच्च अदालतले सैन्य अदालतले गरेको मृत्युदन्डसम्बन्धी फैसला कार्यान्वयनलाई स्थगित गरेको छ ।
सर्वोच्चको यो निर्णयबाट मृत्युदन्डको सजाय पाएका ६ जना लडाकूमाथिको निर्णय तत्कालै प्रभावित हुने भएको छ ।
गत डिसेम्बरमा पेशावरस्थित सैन्य विद्यालयमा तालिबानले १ सय ५० विद्यार्थीको नृशंसा हत्या गरेपछि स्थगित मृत्युदन्डको फैसला उल्ट्याइएको थियो भने विशेष सैन्य अदालतले पनि मृत्युदन्डसम्बन्धी मुद्दा हेर्न सकिने व्यवस्था गरेको थियो ।
त्यसयता नागरिक अदालतको फैसलाअनुसार ६० जना बन्दीलाई मृत्युदन्ड दिइसकिएको छ ।
पाकिस्तानमा हालसम्म ८ हजार जनालाई मृत्युदन्ड दिइसकेको मानवअधिकारवादी समूहहरुको दाबी छ । (एजेन्सी)