पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार नयाँदिल्लीबाट काठमाडौं आएका छन।
शनिवार मातातिर्थ औंसी दिन महेन्द्र मञ्जिलमा रहेकी आमा रत्नको मुख हेर्न उनी शुक्रबार ४ बजे जेट एयरवेजको नियमित उडानबाट काठमाडौं आएका हुन।
उनी पूर्वरानी कोमलको मुटुको उपचारको लागि गत शुक्रबार नयाँदिल्ली गएका थिए। उनी सोमबार पुनः नयाँदिल्ली जाने कार्यक्रम छ। संचारमाध्यममा समाचार छ ।