पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।



थापाको पार्थिव शरीरमा उनका छोरा सुनिल थापाले आर्यघाटमा दागबत्ती दिएका थिए । स्वर्गीय थापाको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।



अन्तिम श्रद्धान्जलीका लागि आर्यघाटमा सभामुख सुवास नेम्वाङ, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, गृहमन्त्री बामदेव गौतम, अर्थमन्त्री रामशरण महत, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत उपस्थित थिए ।



थापाको अन्त्येष्टि समारोहमा सहभागी हुन राप्रपाका नेता तथा कार्यकर्ता तथा शुभचिन्तकहरु पशुपति आर्यघाट पुगेका थिए ।

Photo8

यसअघि शुक्रबार दशरथ रंगशालाबाट सुरु भएको स्वर्गीय थापाको पार्थिव शरीरसहितको शवयात्रा पशुपति आर्यघाटमा पुगेको थियो । दशरथ रंगशालाबाट शवयात्रा वीर अस्पताल, बागबजार, डिल्लीबजार, मैतिदेवी, पुरानो बानेश्वर, बत्तीसपुतली, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको हो ।



दशरथ रंगशाला पुगेर समाजका विभिन्न व्यक्तित्वले थापाप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको राष्ट्रिय झन्डा ओढाएर थापाप्रति राष्ट्रिय सम्मान व्यक्त गरेका थिए ।


यसैगरी, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत राजनीतिक दलका नेताहरुले थापाप्रति श्रद्धान्जली व्यक्त गरेका थिए ।



यस्तै, एमाओवादी नेता डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री बामदेव गौतम, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत विभिन्न दलका ठूलो संख्यामा नेता तथा कार्यकर्ताले रंगशाला पुगेर थापाप्रति श्रद्धान्जली व्यक्त गरे ।



श्रद्धान्जली दिनकै लागि नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संवैधानिक निकायका प्रमुखहरु, सरकारका कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उद्योगी