अष्ट्रेलियाको मेलबर्नमा प्रथम विश्वयुद्धको शतवार्षिकी समारोहमा गराइन लागेको आतंकवादी आक्रमणको योजना प्रहरीले विफल बनाइदिएको छ ।
इस्लामिक अतिवादी समूह ‘आइएस’बाट प्रेरित उक्त योजनामा संलग्न रहेको आशंकामा ५ जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुले अर्को हप्ता गरिन लागेको उक्त समारोहमा प्रहरीलाई निशाना बनाउने योजना तयार पारेका थिए । यद्यपि, सर्वसाधारणमाथि पनि चुनौती रहेको प्रहरीले जनाएको छ ।
यता, अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एवोटले पूर्वयोजनाअनुसार नै समारोहमा सहभागी हुने आह्वान गरेका छन् ।
अष्ट्रेलियामा गत सेप्टेम्बरयता सुरक्षाकर्मीले श्रृखंलाबद्धरुपमा आतंकवादविरुद्धको अभियान तीव्र पारेपछि त्यहाँ सुरक्षा चुनौती बढेको बताइन्छ । (एजेन्सी)